काठमाण्डु – दशमी, दुर्गापूजा, दशहरा आदि नामले सम्बोधन गरिने दसैँ वस्तुतः मिथिलाको महापर्व हो । यसले मैथिलहरूको मन मनमा अभूतपूर्व ऊर्जा एवं उल्लासको सञ्चार गर्दछ । मिथिलाका अन्य महत्त्वपूर्ण चाड पर्वको विशाल स्वागतद्वारको निर्माण विजया दशमीले नै गर्दछ । सामान्यतया मिथिलामा मनाइने प्रत्येक चाडबाडमा सांस्कृतिक मौलिकता तथा वैशिष्ट्य बढी देखिन्छ । मिथिला क्षेत्रमा अनेकौँ शक्तिपीठहरू