१२ शय्याबाट सुरु भएको यात्रा, करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

  • आइबार​ २ कात्िक २०८३ ०३:२३ AM
कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या देखिए पनि उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता थियो। आर्थिक अभाव, लामो यात्रा र समयमै उपचार नपाउँदा दृष्टि गुमाउनुपर्ने जोखिम टार्दै सिरहाको लहानबाट सुरु भएको १२ शय्याको आँखा उपचार केन्द्र आज करोडौँ मानिसका लागि भरोसाको केन्द्र बनेको छ। नेपाल नेत्रज्योति सङ्घको स्थापना (सन् १९७८)