जानकी मन्दिरका लागि प्रसिद्ध जनकपुरको राजदेवी मन्दिर पनि निकै प्रख्यात छ। दशैंका बेला यो मन्दिरको महत्त्व झनै बढ्ने गर्छ। यतिबेला दशैंको अवसर छ। यहाँका राजदेवीलगायत थुप्रै देवी मन्दिर अहिले सिँगारिएका छन्। जनकपुर पूरै झकिझकाउ छ। जनकपुरकी राजदेवीलाई राजा जनककी कुलदेवी पनि मानिन्छ। शारदीय नवरात्रको अष्टमीको साँझ मन्दिरमा ठूलो संख्यामा बोका बलि प्रदान गरिने प्रचलन छ।