सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता

  • आइबार​ २ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता छन्।आज आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो।दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी रत्नावती र खाङसाङबाट खटिएको टोलीले उद्धार कार्य सुरु गरेको थियो। उद्धारका क्रममा घटनास्थलबाट तीन