गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र दुर्घटनाजस्ता आपराधिक तथा जोखिमपूर्ण गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले ‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देश जारी गर्दै आपसी सद्भाव कायम राखेर जिम्मेवार र सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो। चाडपर्वको समयमा घर छाडेर