बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार महाअष्टमी पर्व मनाइँदैछ । यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजाकोठामा महागौरीको विशेष पूजा गर्ने परम्परा छ । वैदिक सनातन धर्मपरम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिन्छ