बडादसैंको आठौं दिन आज महाअष्टमी मनाइँदै

  • आइबार​ २ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : बडादसैं तथा नवरात्रको आठौं दिन (महाअष्टमी) आज दसैंघर र पूजाकोठामा नवदुर्गामध्येकी आठौं देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विशेष आराधना गर्ने वैदिक सनातनी परम्परा रहँदै आएको छ। पौराणिक मान्यतानुसार महागौरीको स्वरूप गोरो वर्ण, श्वेत वस्त्रधारण गरेकी र सेतो वृषभ (साँढे) माथि चढेकी हुन्छिन्। सुरुमा देवीको रङ कालो भएकाले भगवान् शिवले ख्यालठट्टामा ‘ए काली’ भनेपछि सो शब्द मन नपरी देवीले कठोर तपस्या गरी गोरो वर