काठमाण्डु– काठमाण्डुबाट खोटाङतर्फ आउँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। घटनामा तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जनाको उद्धार गरिएको छ। शनिबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुमो नदीमा खसेको हो। दुर्घटनामा परेको गाडी नदीमा आधा डुबेको अवस्थामा फेला परेको छ। चालकसहित १० जना सवार रहेको बुझिएको सुमोमा