काठमाडौं : फ्रान्समा शिक्षा प्रणालीको अवस्था सुधार र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ । बिबिसिमा उल्लेख भए अनुसार प्रदर्शनमा सहभागी हुनेको संख्या करिब ५ लाख ५० हजार रहेको अनुमान गरिएको छ भने प्रहरीले कम्तीमा १ हजार २०० जनालाई पक्राउ गरेको फ्रान्सेली सरकारले जनाएको छ ।प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । हिंसात्मक घटनामा १५० जना प्रहरी घाइत