काठ्माण्डौँ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूबीच छलफल भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका नेताहरूबीच ओली निवास गुण्डुमा भएको छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए ।छलफलमा जसपा नेपालका नेता सरोजकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी गठबन्धन बनाउने प्रयास भएको एक नेताले बताएका छन् ।यसअघि शुक्रबार एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश प