काठमाडौं : थारू कला, संस्कृति र युवाको प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस थारू आइकन-२०२६’ को उपाधि विशाल चौधरी र सुष्मा चौधरीले जितेका छन्।विराटनगरमा सम्पन्न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीलाई पछि पार्दै विशाल ‘मिस्टर थारु आइकन-२०२६’ र सुस्मा ‘मिस थारु आइकन-२०२६’ घोषित भएका हुन्। उपाधिसँगै दुवैले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।प्रतियोगितामा एकलव्य माझी र स्वस्तिका कुमारी सरदार फर्स्ट रनरअप तथा व