काठमाडौँ : लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न भट्टलाई पक्राउ गरिएको हो । इनाम सापकोटासँगको कारोबार तथा सम्बन्धबारे अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जना