बडादसैँ सुरु भएसँगै काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौं उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेसँगै नयाँ बसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले