बूढीगण्डकी बाढीका पीडित फुर्वा भन्छन्- यो राहत हैन, सजाय हो

  • शनिबार १ कात्िक २०८३ १०:०० PM
गोरखा : गत असोज २५ गतेको बूढीगण्डकी बाढीको उद्गमस्थल उङ्गिलुङ खोलामा हराइरहेका पाचजनाको परिवारले आजसम्म जनप्रतिनिधि आफूहरुलाई भेटन र समस्या बुझ्न नआएको गुनासो गरेका छन्। आफन्त बेपत्ता भएको सातादिन बितिसक्दा पनि आफूहरुले भोट दिएर जिताएका जनप्रतिनिधि दुखमा साथ दिन नआएको उनीहरूको गुनासो छ। 'हाम्रा जनप्रतिनिधि यस्तो दुख पीर पर्दा पनि भेट्न र हाम्रो दुख पिर सुन्न आएनन्', हराइरहेका कर्मा लामाका छोरा फुर्वा ठिलेले भने, 'घटना भएको सात दिन भइसक्यो , न वडाअध्यक्ष आउनुहुन्छ, न पालिका अध्यक