कपिलवस्तुमा मनाइयो ७१औँ प्रहरी दिवस

  • शनिबार १ कात्िक २०८३ ०२:२६ PM
डिलाराम भुसाल, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अमर प्रहरीको त्याग र बलिदानको स्मरण, प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीको सम्मान तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित ७१औँ प्रहरी दिवस भव्य रूपमा मनाएको छ । प्रहरी दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो