काठमाण्डु – आईसीसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत क्यानडासँग नेपाल २४ रनले पराजित भएको छ । शनिबार भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । उनले शनिबार ११२ बलमा ४ चौकासहित ८७ रनको पारी