काठमाण्डु – नेपाल टेलिकमले वार्षिक ४ हजार ९९९ रुपैयाँको ३० एमबीपीएस क्षमताको फाइबर इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै भ्रममा नपर्न सेवाग्राही र सरोकारवालालाई आग्रह गरेको छ । नेपाल टेलिकमले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा तथ्यभन्दा फरक ढंगले समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ