एनपीएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

  • शनिबार १ कात्िक २०८३ ०२:०५ PM
काठमाण्डु – अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएल सञ्चालनका लागि आईसीसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिए । प्रतियोगितामा