तौलिहवाको आनन्दबागमा ट्याम्पु र मोटरसाइकल ठोक्किए, तीन जना घाइते

  • शनिबार १ कात्िक २०८३ १२:४७ PM
तौलिहवा, ३१ असोज । कपिलवस्तुको सदरमुकाम तौलिहवामा ट्याम्पु र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।गौडीचोक–भिक्षुचोक सडकखण्डअन्तर्गत आनन्दबागमा ट्याम्पु र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ट्याम्पुमा सवार कपिलवस्तु नगरपालिका–३ सडवाकी ४० वर्षीया राधिका अहिर घाइते भएकी छन् । त्यस्तै, मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–३ महिताका २७ वर्षीय सुमन घिमिरे र स्याङ्जाको कालीगण्डकी