अर्जुनाचुपारी -५ आरुचौर, स्याङ्जा अनिर्णयको डोरीमा झुन्डिएको, आधा वर्ष दिनरात निलिसकेको, बूढो, थोत्रो भित्ते पात्रोले छातीभरि सघन पीडा बोकेर, शब्दहीन ल्याप्चे ठोकेर, डराउँदै, लजाउँदै, मलाई देखायो आसन्न चाडपर्व दशैँ, दीपावली र छठका पर्व। तर- महँगीको चापमा परेको आहत, विकृति–विसङ्गतिको रापमा परेको आहत, सर्वसत्तावादले अँठ्याइएको आहत, प्रतिशोधको पासोमा चेपिएको आहत, परिवेशले थिचिएको आहत, विवशताले किचिएको आहत, द्रव्यदैत्यबाट हेपिएको आहत, पद र पावरबाट पेलिएको आहत, समयको साङ्लोमा बाँधिएको आहत, असमयको आँधीले तानिएको आहत, राहतको आसमा अस्वीकृत आहत गुट र ग्याङ्ग बाट बहिस्कृत आहत बिचरो विकलाङ्ग आहातले यी रङ्गीन चाडपर्वसँग खेल्न सकेन मनका व्यथा खुलेर बोल्न सकेन, विधि, विधान र विवेक छल्न सकेन शकुनिका पासा चाल्न सकेन। न त सक्यो हाकिमको हल्कारा बन्न, न त सक्यो मौसमी रङ बदल्न, न त सक्यो चाकरीको ... The post आहतको दसैँ–शुभकामना ! appeared first on Kalika Khabar.