काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा पक्राउ परेका ‘जनआस्था’का सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् । समाचारको विषयलाई लिएर उत्पन्न विवादमा ३ बुँदे सहमति भएपछि प्रहरीले श्रेष्ठलाई रिहा गरेको हो । श्रेष्ठलाई प्रहरीले शनिबार बिहान ललितपुरको बागडोलस्थित निवासबाट पक्राउ गरेको थियो । पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठसम्बद्ध ‘जनआस्था’ अनलाइनमा