‘मदर मेरी’ बाइबलकी मरियम होइनन्, पलकी आफ्नै आमा मेरी हुन्। यही पंत्तिबाट प्रभावित भएर अरुन्धती रोयले आफ्नो संस्मरणको शीर्षक मदर मेरी कम्स टु मी राखिन्। संयोग अझ रोचक छ—रोयकी आमाको नाम पनि मेरी रोय नै थियो।अरुन्धती रोयको संस्मरण मदर मेरी कम्स टु मी को शीर्षक द बिटल्सको चर्चित गीत लेट इट बी को एउटा पंक्तिसँग जोडिएको छ। सन् १९७० मा सार्वजनिक भएको लेट इट बी द बिटल्सको अन्तिम रिलिज एल्बमको शीर्षक गीत थियो। त्यही वर्ष पल म्याकाट्र्नीले ब्यान्ड छाड्ने घोषणा गरेका थिए। ब्यान्ड विघटनको