जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

  • शनिबार १ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। नलगाड नगरपालिका–८, मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा भएको अटो दुर्घटनामा नलगाड–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा नलगाड–२, डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड–३, कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम