नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ। आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्या सहरमा आयोजना हुने सम्मेलनमा नेपालले जलवायु सङ्कटलाई छुट्टाछुट्टै नभई हिमालदेखि समुद्रसम्मको बृहत् पारिस्थितिकीय प्रणाली (इकोलोजिकल सिस्टम) सँग