गोरखाबाट फूलपातीको डोली हनुमानढोका दरबार पठाइयो

  • शनिबार १ कात्िक २०८३ ०५:०० PM
काठमाडौ‌ : बडादसैँको सातौँ दिन हरेक वर्षजस्तै यस वर्ष पनि गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपातीको डोली काठमाडौँस्थित हनुमानढोका दरबार पठाइएको छ।शनिबार शुभसाइतमा पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौँ पठाइएको हो। फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्‍याली निकालिएको थियो।बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन गोरखाको कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ। पूजापश्चात् कालिका मन्दिरको जमरा र विभिन