मुन्दुमको पदमार्गदेखि फूलैफूलको गढीसम्म

  • शनिबार १ कात्िक २०८३ ०५:०० PM
नेपालका धेरै पर्यटकीय कथा सगरमाथा, पोखरा वा लुम्बिनीमै सीमित छन्। तर, ती चर्चित गन्तव्यहरूभन्दा केही पर, पूर्वी पहाडको काखमा बसेको खोटाङ एउटा यस्तो जिल्ला हो, जहाँ यात्रा केवल घुमफिर होइन—संस्कृति, आस्था र प्रकृतिसँग जोडिने अनुभव हो। असोज–कात्तिकको शरद ऋतुमा जब आकाश नीलो र हावा स्वच्छ हुन्छ, खोटाङका डाँडाहरू, पोखरीहरू र पदमार्गहरूले आफ्नै कथा सुनाउन थाल्छन्। यही समय हो—‘घुम्न जाऊँ खोटाङ’ भन्न मन लाग्ने।खोटाङका यी गन्तव्यहरू केवल दृश्यका लागि होइनन्, ती इतिहास, मिथक