नुवाकोट : नुवाकोटमा भोटेकोशी बाढी प्रभावित ३ सय ५० महिलालाई पोषण तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। सामुदायिक विकास केन्द्र (सीडीसी) नेपाल र नेपाल सहायता फाउन्डेसनले प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न पोषणयुक्त सामग्री र न्यायो कपडा वितरण गरेको हो। यस्तै, १ सय ५० बालबालिकाहरुलाई पनि न्यायो कपडा र खेलौना वितरण गरिएको सीडीसी नेपालकी अध्यक्ष राधा मताङ्गीले जानकारी दिइन्। इनारपाटी स्वास्थ्य चौकी,गेर्खु स्वास्थ्य चौकी, बट्टार घण्टाघर स्वास्थ्य केन्द्र, त्रिशूली अस्पता