काठमाडौं : नेपाली सेनाले बडादसैँको फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ’ सम्पन्न गरेको छ।सेनाले शनिबार विशेष हर्ष बढाइँ समारोह आयोजना गरेको हो। यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। समारोहमा सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपाससहितको