काठमाण्डु – प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेल्दाखेल्दै २० जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३ लाख