काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन्। ‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ। म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने।त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक नेतृत्वको रूपमा उभ्याउने प्रतिबद्धता समेत थापाले व्यक्त गरेका