काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एंव पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमणको समस्या देखिएपछि शुक्रबार साँझ उनलाई एपोलो अस्पतालमा भर्ना गरिएको हो। मिडिया रिपोर्टहरूका अनुसार, ९८ वर्षीय आडवाणीलाई शुक्रबार साँझ करिब ७ बजे अस्पताल लगिएको थियो। उनी हाल आईसीयूमा वरिष्ठ स्नायु रोग विशेषज्ञ (न्यूरोलोजिस्ट) डा. विनीत सुरीको रेखदेखमा छन्। उनको अवस्था स्थिर छ ।