काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। नाका सञ्चालनमा आएपछि दसैँका लागि आवश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। The post दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका appeared first on Kalika Khabar.