काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक मान्यता दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार यसको पुष्टि गरेको हो। आईसीसीको मान्यतासँगै एनपीएलका खेल आधिकारिक टी–२० खेलका रूपमा अभिलेख हुनेछन्। यसले खेलाडीको व्यक्तिगत प्रदर्शन तथा कीर्तिमानलाई आधिकारिक मान्यता दिलाउनेछ। साथै, विदेशी खेलाडी अनुबन्धमा यसअघि रहेको संख्यात्मक सीमासमेत हट्नेछ। एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। The post आईसीसीबाट एनपीएललाई आधिकारिक मान्यता appeared first on Kalika Khabar.