मरुभूमिको भिरालो डाँडो। वरिपरि फैलिएको सुनौलो बालुवा। सयौं ऊँट र हजारौं मानिसको चहलपहल। सिल्क रोडको ऐतिहासिक केन्द्र तुङहाङको मिङसाशा मरुभूमिमा पुग्दा अचानक आँखाअघि एउटा विशाल पोखरी देखिन्छ, चन्द्रमाको आकारमा शान्त र सुन्दर। त्यसको छेउछाउमा देखिने सुनौला गुम्बाहरू र बालुवामाथि लामै लस्कर लागेर हिँडिरहेका ऊँटहरूले सयौं वर्ष पुरानो कुनै चित्रलाई वर्तमानमा ल्याइदिएको अनुभूति हुन्छ।पहिल्यै यही ठाउँबाट व्यापारी, यात्री, भिक्षु र विद्वान्हरू ऊँटका लस्करसँगै सिल्क रोडको यात्रा गर्थे। १२ सय वर्षअघि यहाँ