जाजरकोटमा अटो दुघर्टना हुँदा २ जनाको मृत्यु, ३ घाइते

  • शनिबार १ कात्िक २०८३ ०२:०० PM
जाजरकोट : जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो भेरी करिडोर सडकअन्तर्गत नलगाड–८ मालुवास्थित सडक खण्डमा शनिवार दिउँसो दुर्घटना भएको हो।दुर्घटनामा परि नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख बुद्धिस