प्रहरी सहायक निरीक्षकको ११३औँ समूहद्वारा १० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना

  • शनिबार १ कात्िक २०८३ ०७:२६ AM
प्रहरी सहायक निरीक्षक ११३औँ समूहले प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । ‘प्रहरी सहायक निरीक्षक ११३औँ समूह प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोष’ नामकरण गरिएको उक्त कोषको रकम समूहका अध्यक्ष निरीक्षक सुरेश कुमार हायुले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्