पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबाेलाइएकाे हो । रास्वपा नेता समेत रहेका कलाकार पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । पन्तको उजुरी दर्ता भएलगत्तै अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।