पाल्पाका दशैंघर, कोतघर,देवीका मन्दिर तथा घर घरमा फूलपाती भित्राइयो

  • शनिबार १ कात्िक २०८३ ०१:०० PM
तानसेन : नवदुर्गाको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका दिन आज पाल्पाका दशैं घर, कोतघर, देवीका मन्दिर तथा घर घरमा फूलपाती भित्राइएको छ। शास्त्रीय विधिअनुसार शुभ साइत पारेर घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष लाई फूलपातीको रुपमा भित्राउने परम्परा रहेको पाइन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको र