काठमाडौं । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले