१०० शय्याको अस्पतालमा ३९० को भार: बिरामीको चाप बढ्यो, सरकारको जिम्मेवारी बढेन

  • शनिबार १ कात्िक २०८३ १२:०० PM
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवलाई सर्पले टोकेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइयो। अस्पतालका चिकित्सकले उनलाई तत्काल १० वटा एन्टिस्नेक भेनम चलाए। तर, शरीरमा विष फैलिँदै जाँदा उनको अवस्था झन् सिकिस्त हुँदै गयो। चिकित्सकले उनलाई तुरुन्तै सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार अघि बढाउनुपर्ने सल्लाह दिए। विडम्बना, प्रादेशिक अस्पतालमा रहेका ७ वटा आईसीयू र ३ वटा भेन्टिलेटर बेड पहिलेदेखि नै पूर्ण रूपमा भरिएका थिए।तत्काल आईसीयू बेड खाली