दशैंको शुभकामना दिदैँ बालेनले भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ

  • शनिबार १ कात्िक २०८३ ०४:५५ AM
प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता, आर्थिक अवस्था र सुशासनको विषयमा चर्चा गरेका छन् । विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका असहज परिस्थितिको स्मरण गर्दै उनले यस वर्षको विपद्प्रति