विपद्का कारण मुख्य राजमार्ग अवरुद्ध, बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा

  • शनिबार १ कात्िक २०८३ ०३:४८ AM
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण देशका विभिन्न मुख्य सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखा र अर्घाखाँचीका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने म्याग्दीको एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ मा पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।