काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए । पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात्