काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै पार्टीमा युवा पुस्ताको प्रतिनिधित्व पनि बढेको छ। सभापतिमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् भने ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्। नेतृत्व परिवर्तनसँगै युवा सहभागिता, समावेशी प्रतिनिधित्व र पार्टीको आन्तरिक संरचनालाई लिएर कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बनेको छ।असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनबाट सभापतिदेखि केन्द्रीय सदस्यसम्मक