ललितपुर : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापतिमा गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ । बडादशैं फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो । सपथ ग्रहण तथा पदवहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर