कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र घुम्नु उनीहरूको मुख्य आकर्षण हुन्थ्यो । तर पछिल्लो समय पर्यटकको रुचि यस्ता सम्पदा हेर्नमा मात्र सीमित नरही नेपाली चाडपर्व, जात्रा र सांस्कृतिक गतिविधिमा सहभागी भएर स्थानीय जीवनशैली अनुभव गर्नेतर्फ पनि बढ्न थालेको छ ।