काठमाडौं : यसपालि त्रैमासको अन्तिम (असोज महिनाको अन्तिम) र वडा दसैं नजिकिएको सातामा सेयर बजारले लगानीकर्तालाई खुसी बनाएको छ। अघिल्ला त्रैमासहरूको अन्तिममा सेयर बजार घट्ने गरेको थियो। त्यस्तै चाडवाड आएसँगै सेयर बिक्रीको चापले मूल्यमा दबाब पर्ने गरेको थियो। यसपालि भने सेयर बजार बढेको छ, कारोबारमा वृद्धि र कुल बजार पुँजीकरणमा बढोत्तरी भएको छ। असोजको अन्तिम सातामा पाँच दिन कारोबार भएकोमा नेप्से पाँचैदिन बढ्यो। अघिल्लो साता भने पाँच दिन कारोबार भएकोमा नेप्से तीन दिन बढेर दुई दिन घटेको थियो