दुबई : हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ।यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि नेपाल फर्कंदै छन्। उनले करिब दुई हजार दिराम अर्थात् ८२ हजार रुपैयाँ खर्चेर टिकट किनेका छन्। कम्पनीले दुईतर्फी हवाई टिकटबापत दिने रकम ए