हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।