काठमाडौं : भोटेकोशी बाढीपछि बुढीगण्डकीमा आएको आकस्मिक बाढीका कारण धेरैको मनमा नराम्ररी भय गडिएको छ । विगतमा दसैंको बेला गाउँ फर्किने रौनक अलग हुन्थ्यो, तर शृंखलाबद्ध बाढीका घटनाका कारण गाउँ फर्कन चाहनेहरूको मनमा त्रास सिर्जना भएको छ । भोजपुरस्थित साल्पासिलिछोका केवल गुरुङ भन्छन्, ‘पानी परेर बाढीमा फसिहाल्ने त होइन भन्ने डर मनमा आउँछ । विगतमा मनमा एक खालको उमंगसहित गाउँ फर्किने गरिन्थ्यो । अब त्यो उमंग रहेन।’विशेषगरी दसैंको समयमा लाखौं मानिस उपत्यका छाड्छन् । विगतमा मानिसले